21.1 C
Kathmandu
Thursday, June 1, 2023
spot_img

प्रदेश सभा बैठक बोलाउन माग

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताउनुभयो ।

बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९÷८० को बजेट छलफल गरी पारित गर्नुपर्नेमा सरकार गठबन्धनका दलबीच बजेटको भागबण्डामा अलमलिएको नेता गुरुङले आरोप लगाउनुभयो । बजेट माथिको छलफल अर्थ विकास समितिमा गर्न खोजिएको भन्दै उहाँले यो संसदीय अभ्यास, विधि कानुन विपरीत भएको जिकिर गर्नुभयो । उहाँले समस्याको चाँडो समाधान खोज्नुपर्नेमा समेत जोड दिनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,790FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles