25.5 C
Kathmandu
Wednesday, September 20, 2023
spot_img

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापनाको काम सुरु गरेको छ । प्रयोगशाला राख्नका लागि भवनको कामदेखि अन्य आवश्यक सामग्री खरिदको काम सुरु गरेको छ ।

उपकरण भएर पनि बन्द कोठामा थन्किएका कारण काम नभएको भन्दै जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले अब उपकरण सञ्चालनका लागि आवश्यक पर्ने सबै कार्य सुरु गर्न लागिएको बताउनुभयो ।

त्यस्तै मन्त्रालयले पानी परीक्षणको मोबाइल भ्यानको समेत व्यवस्थापन गर्न लागिएको छ । माल भएर पनि चाल नपाउने अवस्थामा सिर्जना भएको भन्दै पानी परीक्षणको काम व्यवस्थित र अत्याधुनिक भवन निर्माण गरी तत्काल सुरु गर्न लागिएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले बताउनुभयो ।

दश जिल्लामा किट बक्ससहितको पानी जाँच गर्ने उपकरण पठाएर शुद्ध पानी मापनको काम सुरु गरिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले मानव जीवनसँग जोडिएको पानी जस्तो महत्वपूर्ण पाटोलाई व्यवस्थित गरेर लैजाने उद्देश्यका साथ काम भइरहेको प्रमुख शर्माले बताउनुभयो । अहिले जिल्लाका जुनसुकै ठाउँमा पानी जाँच गर्नका लागि स्थानीयवासीद्वारा आग्रह आउने बित्तिकै तत्काल पानीको अवस्था पत्ता लगाउने काम सुरु भएको उहाँले बताउनुभयो ।

दश जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था एकै पटक पत्ता लगाउन र सूचना आदानप्रदान छिटोछरितो सम्प्रेषण गर्नका लागि ‘एन वास अप्लिकेशन’ प्रशिक्षक तालिम दिएर सुरु गरिएको छ । कर्णाली पानीका लागि राम्रो क्षेत्र मानिए पनि शुद्धीकरण गरेर पिउने कार्य अझै व्यवस्थित नहुँदा पानीकै कारण धेरैलाई समस्या परिरहेको भन्दै सो समस्या समाधान गर्न पहल गरिएको छ ।

बर्सेनि भारी मात्रामा खानेपानीका योजना निर्माण हुने तर पानी शुद्धीकरणको अवस्था जानकारी नहुँदा समस्या भोगिरहेको तथ्य रहेको भन्दै मन्त्री सिंहले आयोजना निर्माणका साथै पानीको शुद्धीकरणलाई समेत महत्वपूर्ण पाटोका रुपमा लिइएको बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,866FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles