21.1 C
Kathmandu
Monday, September 25, 2023
spot_img

शुल्क बुझाउन आग्रह

लाङ्टाङ राष्ट्रिय निकुञ्जलले चालु आवमा बुझाउनुपर्ने अवतरण बापतको शुल्क समयमै दाखिला गर्न सम्बन्धित हेली कम्पनीहरूलाई आग्रह गरेको छ ।धार्मिक क्षेत्र गोसाइँकुण्डलगायत निकुञ्जका विभिन्न स्थानमा हेलिकप्टर अवतरण गराउने कम्पनीले लामो समयदेखि नियमानुसार लाग्ने शुल्क नबुझाएका कारण निकुञ्ज कार्यालयले ताकेता गरेको हो । लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार हेलिकप्टर अवतरण गराए बापतको शुल्क समयमा बुझाउन केही हेलिकप्टर कम्पनीले आलटाल गरेको पाइएकाले पटक पटक ताकेता गरिएको छ । उहाँले भन्नुभयो, “ सरकारले जारी गरेको नियम कानुन सवैले बुझेकै हुन्छ अन्य निकायको राजश्व असुलीमा बोल्नै पर्दैन तर हेलिकप्टर सञ्चालक कम्पनीले मात्र आलटाल गरेको पाइएको छ ।”

नियमानुसार प्रतिउडान रु तीन हजारका दरले अवतरण बापतको शुल्क यही असार २५ गतेभित्र दाखिला गरी राजश्व असुली कार्यमा सहयोग गरिदिन हेलिकप्टर कम्पनीलाई धेरै पटक आग्रह गरिएको समेत निकुञ्ज कार्यालयले जनाएको छ ।

लाङ्टाङ निकुञ्जको आधार इलाकामा उडान भर्ने कम्पनीमध्ये हालसम्म सिम्रिक, अल्टिच्युट, मनाङ, फिस्टेफ एयर कम्पनीबाट मात्र अवतरण शुल्क बापतको रकम राजश्वमा दाखिला भएको बताइएको छ ।

निकुञ्जको भूभागमा उडान भर्नु पूर्व सम्बन्धित जिल्लाको निकुञ्ज प्रशासकलाई जानकारी गराउनुपर्ने प्रावधानलाई कार्यान्वयन गर्दै आगामी दिनमा सूचना दिने कार्यमा सहयोग गरिदिन समेत हेलिकप्टर कम्पनीहरूलाई अनुरोध गर्दै प्रमुख संरक्षण अधिकृत भट्टराईले पूर्वजानकारी बेगर उडान भर्दा लाग्ने शुल्कको अतिरिक्त दस्तुर बराबरकै जरिवाना तिर्नुपर्ने कानुनी प्रावधान रहेको पनि जानकारी गराउनुभयो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा उडान भर्ने १० वटा हेलिकप्टर कम्पनी रहेको बताइएको छ ।

यस्तै लाङ्टाङ राष्ट्रिय निकुञ्ज अन्तर्गतको जैविक विविधता संरक्षण कार्य प्रभावकारी तुल्याउन मातहतका समूहसँग परामर्श गरेको छ । संरक्षणका लागि गठन भएका मध्यवर्ती क्षेत्र अन्तर्गतका पदाधिकारी, वन सुरक्षामा कार्यरत नेपाली सेना एवं निकुञ्ज प्राविधिकबीच भएको अन्तर संवादबाट चोरी सिकारी पूर्णरूपमा नियन्त्रण गराउने, बालीनाली नोक्सानमा मानव र वन्यजन्तु बीचको द्वन्द्वलाई न्यूनीकरण गराउन उपयुक्त कदम चाल्ने, वन पैदावारको व्ययभारमा क्रमशः न्यूनीकरण गर्दै जाने जस्ता विषयमा छलफल भएको थियो ।
निकुञ्जअन्तर्गत रसुवा, नुवाकोट एवं सिन्धुपाल्चोक जिल्लाका पदाधिकारी, संरक्षण सुरक्षामा तैनाथ नेपाली सेनाका प्रतिनिधि समेतको सहभागितामा भएको अन्तर संवादले जैविक विविधता संरक्षणमा थप मद्दत पुग्ने निकुञ्जका सहायक संरक्षण अधिकृत भुपेन्द्र यादवले जानकारी दिनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,871FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles