• २०८२ मङ्सिर २८ गते शनिवार
  • Preeti To Unicode

रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किए


काठमाडौँ  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा पुनः फर्किएका छन्। लामिछानेले पार्टीको नेतृत्वमा पुनः समावेश भएका छन् र आगामी केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन्।

भोलिबाट सुरु हुने रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले आफ्नो सक्रिय सहभागिता जनाउनेछन्।

केन्द्रीय समितिको पहिलो बैठकमा कार्यवाहक सभापतिज्यूले धन्यवाद ज्ञापन गर्नेछन्, र दोस्रो बैठक सभापति रवि लामिछानेको सभापतित्वमा बस्नेछ।

यसबारे रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार