काठमाडौँ – वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका छन्। उनले आफूनिकट नेताहरूको जिम्मेवारी र वरियताबारे अध्यक्ष माधवकुमार नेपालसँग चासो राखेका छन्। गौतमलाई पार्टीमा नेपाल र झलनाथ खनालपछिको स्थान दिने तयारी छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि गौतमले समाजवादी रोजेका हुन्। एमालेमा फर्कने सम्भावना उनले अस्वीकार गरेका छन्।