15.1 C
Kathmandu
Tuesday, March 26, 2024
spot_img

राजु लामाको स्वरमा ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक

हालै सगरमाथाको सफल आरोहण गर्नुभएका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो । उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गीत सरोज लामाको छ ।

‘नाकैमा ठूली, शिरैमा सुनको शिरबन्दी’, ‘म पनि केमा कम छु र ? भनन, चट्टै परेर आको छु हेर न’, ‘आऊ न नजिक मलाई अङ्गालोमा बेरन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।
उक्त भिडियोमा आकाश श्रेष्ठ र बीना राउतले अभिनय गर्नुभएको छ । अर्जुन तिवारीले छायाङ्कन गर्नुभएको सो भिडियोमा शान थापाले निर्देशन गर्नुभएको हो । उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles