13.1 C
Kathmandu
Friday, March 22, 2024
spot_img

दोस्रो टी-२० मा नेपाल ७ विकेटले विजयी- मलेसियाविरुद्ध खेल

काठमाडौं, टी-२० श्रृंखलाको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिम मलेसियाविरुद्ध ७ विकेटले विजयी भएको छ । मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै १ सय ३ रन बनायो ।

नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अलराउन्ड प्रदर्शन गरिन् । ४ ओभर बलिङ गर्दा १६ रन खर्चिएर दुई विकेट लिएकी उनले अविजित २९ रन जोडिन् । टस जितेर ब्याटिङ थालेको मलेसियाका लागि ओपनर विनिफ्रर्ड दुराइसिनगाम र वान जुलियाले समान २० रन योगदान गरे । मास इलेसाले सर्वाधिक २८ रन र ऐन्ना हमिज हसिम १४ रनमा अविजित रहिन् ।

नेपालका कविता कुँवर र इन्दु वर्माले एक-एक विकेट लिए । नेपालको ब्याटिङमा कप्तान रुविनाले अविजित २९ रन योगदान गर्दा, ओपनर कविता कुँवरले २६ रन र सिता राना मगरले २३ रन जोडे । विन्दु रावल १७ रनमा आउट भइन् ।

मलेसियाका ऐस्या एलिसा, माहिरा, निक नुर र विनिफर्डले समान एक विकेट लिए । ५ खेलको शृंखलामा नेपाल पहिलो टि-२० मा ५ विकेटले पराजित भएको थियो ।

नेपालले तेस्रो खेल बिहिबार, चौथो र पाँचौं खेल क्रमशः शनिवार र आइतबार खेलेर स्वदेश फर्किने छ ।

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles