24.9 C
Kathmandu
Monday, September 25, 2023
spot_img

४१ वर्षीय धोनीको बाचा- आइपिएल सिजन २०२४ खेल्ने,फ्यानलाई ‘उपहार’ दिन,

चेन्नई सुपर किंग्सको कप्तानको रूपमा पाँचौं आइपिएल उपाधि जितेपछि महेन्द्रसिंह धोनीले संन्यास लिने अपेक्षा गरिएको थियो। तर धोनीले अहिल्यै आफूले क्रिकेट करिअरको अन्त्य नगर्ने बताएका छन्।

मंगलबार विहान सकिएको आइपिएल फाइनलमा गुजरात टाइटन्समाथि ५ विकेटको जित निकालेपछि धोनीले शरीरले साथ दिए आफ्ना फ्यानका लागि कम्तिमा अर्को सिजन पनि आइपिएल खेल्ने बाचा गरे। उपाधि जितेपछि संन्यास लिनु ‘उत्तम समय’ हुने बताए पनि धोनीले अहिले संन्यासको बरेमा नसोचेको बताए।

उनले अर्को सिजन खेल्नका लागि शरीरलाई फिट राख्न कठिन हुने बताए। अर्को सिजन फिट भए उनी त्यो सिजन आफ्ना फ्यानलाई ‘उपहार’ दिन चाहन्छन्। आगामी जुलाईमा ४२ वर्ष पुग्ने धोनीले यस सिजन ७ र ८ नम्बरमा ब्याटिङ गरे। बायाँ घुँडाको चोट निको भएपछि मैदान फर्किएका उनले १२ इनिङ्समा १८२.४५ को स्ट्राइकमा ब्याटिङ गरे। सिजनमा कुल ५७ बल खेलेर १०४ रन बनाएका धोनीले १० छक्का प्रहार गर्दै आफ्ना फ्यानलाई मनोरञ्जन दिए।

धोनीले यस सिजनमा तुषार देशपाण्डे, शिवम दुबे र मथीशा पाथिराना जस्ता युवा खेलाडीलाई प्रोत्साहित गरे। उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दा चेन्नई पाँचौ पटक आइपिएलको च्याम्पियन बन्यो। गुजरात टाइटन्स विरुद्धको फाइनलपछिको धोनीले भने- यदि तपाईंले परिस्थिति हेर्नहुन्छ भने यो मेरो लागि संन्यासको घोषणा गर्ने उत्तम समय हो।

तर यो वर्ष मैले जता खेले पनि धेरै माया र स्नेह देखाइएको छ। मेरो लागि सजिलो कुरा भनेको धेरै धेरै धन्यवाद’ भन्नु हो। तर मेरो लागि गाह्रो कुरा अर्को सिजनका लागि कडा परिश्रम गर्नु हो।आइपिएलको कम्तिमा अर्को सिजन खेल्ने हो।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,871FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles