20.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

मकवानपुरमा- अवैध लागूऔषधसहित २ जना पक्राउ

मकवानपुर, गढी गाउँपालिका-२ ठुलोदमारबाट अवैध लागूऔषध गाँजा करिब ९ सय २० ग्रामसहित हेटौंडा उपमहानगरपालिका-१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री खड्कासमेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले ना.६३ प ६५८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, छिपहरमाई गाउँपालिका-५ ब्रहम चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन ५ सय एम्पुल, डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुलसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका-८ बस्ने ४२ वर्षीय दुर्गाराज खत्री र पर्सा धोबिनी गाउँपालिका-४ लंगडी बस्ने ४५ वर्षीय नुरेश मियाँ तेली रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरीले बगमती प्रदेश-०३-००१ ख १८१० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी बसका चालक दुर्गाराज र सहचालक नुरेश मियाँलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles