तिहारको लागि विद्युत आयात गर्नु पर्दैन : कुलमान घिसिङ


 काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन् । विद्युत खपतका लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि हुने उनले बताए ।

कुनै प्राविधिक समस्या बाहेक लक्ष्मी पूजामा बत्ती नजाने उनले बताएका छन्। ‘तिहारको लागि विद्युत आयात गर्नु पर्दैन। बढी पनि हुन्छ । कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन । तिहारमा विद्युत जति प्रयोग गर्न सकिन्छ सबैले प्रयोग गर्नु अनुरोध गर्दछु,’ उनले भने ।

अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते बिहिवार