21 C
Kathmandu
Friday, March 24, 2023
spot_img

कालिका मन्दिरको पार्किङ शुल्क मानव सेवा आश्रमलाई

गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिर परिसरको पार्किङ व्यवस्थापनको जिम्मा मानव सेवा आश्रमलाई दिइएको

छ ।

कालिका मन्दिरको परिसरमा रहेको पार्किङबाट प्राप्त हुने रकम मानवसेवा आश्रमले सदुपयोग गर्ने भएको हो । कालिका भगवती गुठी व्यवस्थापन समिति र मानवसेवा आश्रमबीच मन्दिर परिसरमा रहेको पार्किङलाई व्यवस्थित बनाइ त्यसबाट प्राप्त रकम मानवसेवा आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी बेसहारा सडकमानवको व्यवस्थापनका लागि प्रयोग गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौता पत्रमा कालिका भगवती गुठी व्यवस्थापन समितिका तर्फबाट समितिका अध्यक्ष कुमार खड्का र मानव सेवा आश्रमका तर्फबाट संस्थाका बागलुङ जिल्ला संयोजक विपना तामाङले हस्ताक्षर गर्नुभएको छ । कालिका मन्दिरको पार्किङ जग्गामा मानवसेवा आश्रमले सम्पूर्ण व्यवस्थापकीय कर्तव्य पूरा गरी सङ्कलन भएको रकम आश्रमलाई हुने सहमति भएको हो ।

कालिका मन्दिरको मानवीय सेवाअन्तर्गत पार्किङ व्यवस्थापनबापत उठेको रकम आश्रमलाई दिइने भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

“न्यूनतम मूल्यमा सवारी पार्किङ गर्न मन्दिर परिसरमा पाइन्छ, आश्रमलाई सहयोग भने पनि इच्छाले बढी दिनसमेत पाइयो”, अध्यक्ष खड्काले भन्नुभयो, “आश्रमले नै एक जना शुल्क उठाउने मानिस खटाउँछ, पार्किङ व्यवस्थापन पनि हुने र सहयोग पनि हुने भएकाले आश्रमसँग सम्झौता गरिएको छ ।” खड्काका अनुसार आगामी पाँच वर्षभित्र मन्दिरले मानवीय सेवाका लागि एम्बुलेन्स, शव बाहन र दमकलसमेत सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

समितिले पार्किङ शुल्कसमेत निर्धारण गरेको छ । दुईपाङ्ग्रे सवारी साधनका लागि रु पाँच, माइक्रो, कार, जीप, भ्यानका लागि रु १० र बसका लागि रु २० निर्धारण गरेको छ ।

मानवसेवा आश्रम बागलुङ शाखा २०७३ सालमा स्थापना भए पनि आश्रमको आफ्नै भवन निर्माणाधीन अवस्थामा छ । आश्रमको भवन निर्माणका लागिसमेत विभिन्न सहयोग सङ्कलन अभियान चलाइएको छ ।

मानवसेवा आश्रम बागलुङ शाखामा हाल ५० जना सहयोगापेक्षी बेसहारा तथा सडकमानव आश्रित रहेको शाखाका अध्यक्ष शिव खड्काले बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,743FollowersFollow
20,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles