• २०८१ मङ्सिर ७ गते शुक्रवार
  • Preeti To Unicode

सहकारी ठगी प्रकरणः छबिलाल जोशीलाई आज कास्की अदालतमा उपस्थित गराइयो


काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । काठमाडौंबाट पक्राउ परी पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा पुर्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार