• २०८२ कार्तिक १५ गते शुक्रवार
  • Preeti To Unicode

 राष्ट्रपति पौडेलले गरे दक्षिणकाली माताको दर्शन


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको अवसरमा आज बिहान दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पूजारीबाट टीका प्रसाद ग्रहण गरेका छन्  । काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ ।

सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर  क्षेत्रको पुननिर्माणमा सहयोगका लागि आग्रह गरे । साथै काठमाडौ मकवानपुरको सडक छिटो पुननिर्माण गरी सडक निर्वाध सञ्चालनको आवश्यकता औल्याए ।

राष्ट्रपति पौडेलले बाढी पैहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराए । राष्ट्रपति पौडेललाई मन्दिरमा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार