• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

सर्वोच्चका दुई न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन


काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित दुवै न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको हो।

सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीश दुवैले आफ्नो आफ्नो कार्योजना पेस गरेका थिए। संसदीय सुनुवाइ समितिका सभापति पशुपतिशमशेर जबराका अनुसार उनीहरूको कार्योजना सुनिसकेपछि अनुमोदन गरिएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार