काठमाडौं । बुटवलको सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा आज पनि हुने भएको छ । हिजो दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म प्रारम्भिक सोधपुछ गरिएको र आज बिहान १० बजे पुनः बयान लिइने बताइएको छ ।
संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सुप्रिम सहकारीबाट लामिछाने र छविलाल जोशीको नाममा क्रमशः १ करोड ९६ लाख र २ करोड ५० लाख रुपैयाँ गोर्खा मिडियामा आएको छ । यस प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ थुनामा छन् भने ६ जना धरौटीमा रिहा भएका छन् ।