• २०८१ मङ्सिर ७ गते शुक्रवार
  • Preeti To Unicode

सहकारी ठगी प्रकरणः सुरक्षाको घेरामै रविको तेस्रो दिनको बयान सुरु, आजै सकिने अनुमान 


काठमाडौं । रवि लामिछानेको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरु भएको वयानलाई आज पनि निरन्तरता दिइएको छ । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो दिन बाक्लो सुरक्षाका बीच सरकारी वकिलको कार्यालय रुपन्देहीमा साढे १० बजे वयानका लागि हाजिर गराइएको छ ।

जिल्ला प्रहरी कार्यालयमा रहेका लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक वयान ३ घण्टा ३५ मिनेट वयान लिएको थियो त्यस्तै दोस्रो दिन विहान सवा १० बजे देखि सवा ७ बजे सम्म ९ घण्टा वयान भएपनि सवाल जवाफ नसकिएकोले विहीबार वयानको अन्तिम टुङ्गो लगाउने गरि साढे १० बजेबाट वयान सुरु भएको छ ।

प्रमुख न्यायधिवक्ता प्रेमराज पौडेलले मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष वयान लिने व्यवस्था अनुरुप वयान लिनका लागि यहाँ अनुसन्धान अधिकारीले उपस्थित गराएका छन ।

हिजो स्मम भएको वयानको अन्तिम रुप दिदै रुजु गर्ने र रोलक्रम गर्ने काम आज हुन्छ । उहाँ विरुद्ध परेको सहकारी ठगि विरुद्धको कसुरमा रहेर नै सवाल जवाफ भएका छन उनको सहमतिमा नै सहज रुपमा जवाफ आएको छ । कति वटा प्रश्न गरिएको भन्ने बारे यकिन भएको छैन, सम्भवः आज वयान सकिने अनुमान छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार