• २०८१ मङ्सिर ७ गते शुक्रवार
  • Preeti To Unicode

अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण छ : उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि प्राइभेट सेक्टरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । बिहीबार ‘फिन इलेक्ट्रो टेक २०२४’ को उद्घाटन गर्दै मन्त्री सिंहले प्राइभेट सेक्टर नेपाल उद्योग वाणिज्य संघदेखि लिएर नेपाल चेम्बर अफ कमर्सको समेत महत्वपूर्ण भूमिका अर्थतन्त्रमा रहेको बताएका हुन् ।

उनले भने, ‘नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि अहिलेको वर्तमान सरकार, एफएनसिसीआइदेखी लिएर चेम्बरको नेतृत्व गर्ने प्राइभेट सेक्टरहरुले अर्थतन्त्रको लय सम्हाल्न सक्दछन् । प्राइभेट सेक्टरहरुले भनेका कुराहरु सरकारले ध्यान दिएर कार्यान्वयन गर्ने नै छ ।’

साथै उनले विद्युत तथा विद्युतीय सामाग्रीहरुको विकास र आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण गर्न फिन इलेक्ट्रो टेकले विशेष भूमिका खेल्ने बताए । उनले विद्युत जस्तो संबेदनशिल क्षेत्रमा व्यवसाय गर्ने विद्युत व्यवसायीहरुको यस संस्थाले आम उपभोक्तालाई नविनतम र गुणस्तरी सेवा दिन आग्रह गरे ।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार