काठमाडौं । जी ७ राष्ट्रले लेबनानमा तत्काल युद्धविराम गर्न आग्रह गरेको छ । जी ७ का विदेश मन्त्रीहरूले लेबनानमा तत्काल युद्धविरामको लागि आह्वान गरेका हुन ।
उता, इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हिजबुल्लाहसँगको युद्धमा प्रस्तावित युद्धविरामको बारेमा छलफल गरेको छ ।
‘हामी इजरायल र हिजबुल्लाह बीच तत्काल युद्धविरामको लागि चलिरहेको वार्तालाई समर्थन गर्दछौं,’ मन्त्रीहरूले एक विज्ञप्तिमा भने, ‘अब कूटनीतिक समाधान गर्ने समय आएको छ ।’