काठमाडौं । पाकिस्तानमा पीटीआईको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शन र प्रदर्शनकारीमाथि सरकारको कारबाहीपछि आरोप–प्रत्यारोपको युद्ध शुरु भएको छ । सरकारले आफ्नो कारबाहीमा कुनै हताहत नभएको दाबी गरिरहेको छ भने पीटीआईले आफ्ना धेरै कार्यकर्ता मारिएको दाबी गरिरहेको छ ।
२६ नोभेम्बरमा इस्लामाबादमा उपस्थित हजारौं पीटीआई प्रदर्शनकारीहरूलाई तितरबितर पार्न सुरक्षा बलहरूले ठूलो कारबाही गरेका थिए। सरकारले कम्तीमा ४ हजार १८५ पीटीआई कार्यकर्तालाई पक्राउ गरेको दाबी गरेको छ ।
पक्राउ परेकाहरूलाई अब पाकिस्तानको आतंकवाद विरोधी अदालत (एटीसी) मा आतंकवादको आरोप लगाइने छ। सूचना मन्त्री अत्ता तरारले इस्लामाबादमा पीटीआईको विरोधलाई तितरबितर गर्न र अन्त्य गर्न गैर–घातक हतियार प्रयोग गरिएको दाबी गरेका छन्।