• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

रुकुमपूर्वमा जिप दुर्घटना, ४ जना घाइते


काठमाडौँ – रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५, धारापानीमा आज बिहान ३:३० बजे जिप दुर्घटना भएको छ। दुर्घटनामा २२ वर्षीय प्रेम कामी, २१ वर्षीय जुतेस शेर्पाली, १८ वर्षीय सर्पराज देवा र १८ वर्षीय चन्द कुमार देवा घाइते भएका छन्।

प्रारम्भिक जानकारी अनुसार, जिपको टायर फुस्किएपछि उक्त दुर्घटना घटेको हो। घाइतेलाई तत्कालै जिल्ला अस्पताल रुकुमपूर्वमा ल्याइएका थिए, जहाँ प्राथमिक उपचारपछि दुई जनालाई थप उपचारका लागि रुकुम पश्चिमको मुसिकोट खलंगामा रिफर गरिएको छ।

स्थानीय प्रहरीले घटनास्थलमा पुगेपछि थप अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनामा परेका व्यक्तिहरूको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी प्राप्त भएको छ

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार