मकवानपुरमा अवैध भरुवा बन्दुकसहित व्यक्ति पक्राउ


काठमाडौँ  – मकवानपुर प्रहरीले अवैध भरुवा बन्दुकसहित राक्सिराङ गाउँपालिका–१, गडुवानका ५२ वर्षीय जितबहादुर थिङलाई पक्राउ गरेको छ।

थिङलाई मनहरी गाउँपालिका–९ को हरियाली सामुदायिक वन क्षेत्रमा भरुवा बन्दुक काँधमा बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार थिङविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।

थिङलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोली सक्रिय भएको थियो। पक्राउपश्चात् कानुनी प्रक्रिया अघि बढाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अवैध हातहतियारको नियन्त्रणका लागि मकवानपुर प्रहरीले जिल्लाभर सतर्कता बढाएको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार