• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

नेपाल सरकारले गहुँ आयात आवेदन खुल्यो


काठमाडौँ  – नेपाल सरकारले भारतबाट ९० हजार टन गहुँ आयात गर्न इच्छुक फर्म र कम्पनीहरूको लागि आवेदन आह्वान गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गहुँ आयात गर्न इच्छुक कम्पनीहरूलाई आवेदन पेश गर्नका लागि ७ दिनको समयसीमा तोकेको छ।

आवेदन प्रक्रिया मा सहभागी हुनका लागि निम्न शर्तहरू राखिएको छ:

  • इच्छुक कम्पनीले कम्तीमा १ करोड रुपैयाँ चुक्ता पूँजीको व्यवस्था गर्नुपर्नेछ।
  • नेसनल कोअपरेटिभ एक्स्पोर्टस लिमिटेडलाई शतप्रतिशत अग्रिम भुक्तानी गर्नुपर्नेछ।
  • कम्पनीको वित्तीय स्रोतको प्रमाण सुनिश्चित गर्नुपर्नेछ।
  • आयात कोटामा प्रत्येक कम्पनीलाई कम्तीमा १ सय टन र बढीमा १० हजार टन गहुँ आयात गर्न अनुमति दिइनेछ। कोटा वितरण गर्दा अघिल्लो वर्षको राजस्व योगदान र खाद्यान्न आयातमा अनुभव भएका कम्पनीलाई प्राथमिकता दिइनेछ।

आवेदन अनुमति प्राप्त गर्ने कम्पनीहरूले ३ महिनाभित्र गहुँ आयात गर्नुपर्नेछ, अन्यथा १५ दिन भित्र विभागलाई सूचना दिनुपर्नेछ। गहुँ आयात गर्दा कानूनी गुणस्तर मापदण्ड पालन गर्नु अनिवार्य हुनेछ र कम्पनीहरूले साप्ताहिक रूपमा आयातित गहुँको मौज्दात, मूल्य, गुणस्तर र बिक्री विवरण विभागलाई पेस गर्नुपर्नेछ।

यस प्रक्रियाले गहुँ आयातमा भाग लिन इच्छुक कम्पनीहरूलाई आवश्यक जानकारी पुर्याउनेछ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार