• २०८३ जेष्ठ १२ गते मङ्गलवार
  • Preeti To Unicode

पोखरा गोल्डकप: ब्ल्याक बुल्सले थ्रीस्टारलाई ४-० ले पराजित गर्दै फाइनलमा प्रबेश


उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले पोखरा गोल्डकपको फाइनलमा स्थान बनाएको छ। सेमिफाइनलमा उनले नेपालका प्रतिष्ठित क्लब थ्रीस्टारलाई ४-० गोलले हराउँदै फाइनलको यात्रा तय गरे।

ब्ल्याक बुल्सको लागि कुभोनचबेक ओलिमोभ, आसिलबेक ओरिफजोनोभ, सत्तारोभ र साइदजमोद दाभलातजोनोभले गोल गरे।

पोखरा रंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत, ब्ल्याक बुल्स अब फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

सहारा क्लबले यो प्रतियोगिता आयोजना गरिरहेको छ। प्रतियोगिताका विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको सञ्चालनबाट एक करोड ५१ लाख आम्दानी र ८ लाख ८० हजार बचत हुने अनुमान गरिएको छ। यो बचत रकम सूर्यबहादुर केसी एकेडेमीमा रहेका अनाथ बालबालिकाका शैक्षिक र समृद्धिको लागि खर्च गरिने छ, जसका लागि सहारा क्लबले सामाजिक जिम्मेवारीको हिस्सा प्रदान गर्ने योजना बनाएको छ।

यो प्रतियोगिता पोखरामा खेलकुदको प्रवर्द्धनका साथै सामाजिक कार्यमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार