• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओली थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किए


काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण सकेर नेपाल फर्किएका छन्। उनले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै थाइल्यान्डको बैंककमा बीम्स्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिएका थिए।

प्रधानमन्त्री ओली र उनका टोलीले गत मंगलबार थाइल्यान्ड प्रस्थान गरेका थिए र शनिबार मध्यान्ह प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल नेपाल आइपुगेको हो।

थाइल्यान्ड भ्रमणको क्रममा, प्रधानमन्त्री ओलीले विभिन्न उच्चस्तरीय भेटघाटहरूमा भाग लिएका थिए। विशेष गरी, उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शुक्रबार एक महत्वपूर्ण भेटवार्ता गरेका थिए, जसले नेपाल र भारत बीचको सम्वन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

यो भ्रमण नेपालको थाइल्यान्डसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने र दक्षिण एशियामा नेपालको भूमिका प्रबर्धन गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार