नेपालले अफगानिस्तानलाई ८५ रनको विशाल अन्तरले हराएर सान्त्वना जित हासिल गरेको छ। वर्षाले खेलमा अवरोध पुर्याउँदा डर्कवर्थ लुइस स्ट्रेन (DLS) विधि लागू गरिएको थियो, जसका कारण नेपाललाई सान्त्वना जित प्राप्त भएको हो।
अफगानिस्तानले पहिले नै सिरिज जितिसकेको थियो, जबकि नेपालले दुई खेल हराएको थियो। यस खेलमा नेपालको प्रदर्शन प्रभावकारी रह्यो, जहाँ अफगानिस्तानलाई २०.१ ओभरमा ६ विकेट गुमाएर ४६ रन मात्र बनाउन दिए।
नेपालले ४४.५ ओभरमा अलआउट भइ १९१ रन बनायो। नेपालका प्रमुख ब्याटरहरू साहिल पटेल र निरज कुमार यादवले महत्वपूर्ण योगदान दिएका थिए। साहिल पटेलले ४६ रन बनाए भने निरज कुमार यादवले ४२ रनको पारी खेले। कप्तान नरेन भट्टले २२ रनको पारी खेलेर टोलीलाई सहारा दिए।
अफगानिस्तानका प्रमुख ब्याटरहरू फैजल सैनजुदाले १६ रन र अजिजुल्लाह मिया खिलले १५ रन बनाए। नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानलाई कमजोर बनाएको थियो। अपराजित पौडेलले २ विकेट लिएका थिए, जबकि दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले १-१ विकेट लिएका थिए।
नेपालको बलिङ र ब्याटिङ प्रदर्शनले अफगानिस्तानलाई दबाबमा राख्दै ऐतिहासिक जित हासिल गरेको हो।