• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा दुर्घटना, चिनियाँ कामदारको मृत्यु



काठमाडौँ  – मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ कामदारको कार्यस्थलमै ज्यान गएको छ। चामे गाउँपालिका–३ स्थित क्युपारमा रहेको आयोजनाको ब्यूरो–७ कम्पाउन्डभित्र बिहीबार बिहान भएको दुर्घटनामा ५३ वर्षीय चिनियाँ नागरिक यु युन योङ्गको मृत्यु भएको हो।

उनी आयोजनामा काम गरिरहेका बेला नम्बर १० को चिनियाँ टिपर ब्याक गर्ने क्रममा टाउकोमा ठोक्किएर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल चामेस्थित प्रदेश अस्पताल लगिएको थियो। तर, बिहान ७:३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न टिपर दार्चुलाको शैलेशिखर नगरपालिका–१, बारिल निवासी ४३ वर्षीय दशरथ खडायतले चलाएका थिए। प्रहरीका अनुसार उनी हाल नियन्त्रणमा छन् र घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा संलग्न टिपरको आधिकारिक कागजात उपलब्ध नभएको र साङ्केतिक नम्बर मात्र राखिएको पाइएको छ। दुर्घटनाको कारण र जिम्मेवारीको विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार