काठमाडौँ – स्पानिस ला लिगाको अन्तिम खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३-० ले पराजित गरेको छ। यस जितसँगै बार्सिलोनाले २८औं पटक ला लिगा उपाधि हात पारेको छ।
टोलीका स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीले खेलको १४औं र १७औं मिनेटमा दुई गोल गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखे। यस सिजन उनले ला लिगामा २७ गोल पुर्याएका छन् भने समग्रमा उनको गोल संख्या ४० पुगेको छ।
अन्तिम समयमा डानी ओल्मोले पेनाल्टीबाट थप एक गोल गर्दै जितलाई सुनिश्चित गरेका थिए।
बार्सिलोनाले कुल ३८ खेलबाट ८८ अंक जोडेर रियल मड्रिडलाई ४ अंकले पछि पार्दै उपाधि सुरक्षित गरेको हो।
एथ्लेटिक बिल्बाओले ७० अंकसहित चौथो स्थान हासिल गरी अर्को सिजन च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ।