अमेरिकाको न्यूयोर्कस्थित क्विन्स, ज्याक्सन हाईट्स डाइभसिर्टी प्लाजामा बस्ने नेपालीहरूले किशोरी इनिसा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन्। कार्यक्रममा अमेरिका बस्दै आएका नेपाली अधिकारकर्मी, पत्रकार, कलाकार र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। सो अवसरमा मृतकको आत्माको चीर शान्तिको लागि दीप प्रज्वलन पनि गरिएको थियो। यो घटना सुर्खेतको वीरेन्द्रनगर सामुदायिक वनमा घटेको हो, जहाँ किशोरी इनिसा विकलाई बलात्कार पछि हत्या गरिएको थियो।