पश्चिम एसिया युद्धको प्रभाव: नेपाली बजारमा सुन–चाँदीको मूल्य निरन्तर घट्दो

पश्चिम एसिया युद्धको प्रभाव: नेपाली बजारमा सुन–चाँदीको मूल्य निरन्तर घट्दो

पश्चिम एसियामा जारी युद्धको प्रभावसँगै नेपाली बजारमा सुनको भाउ लगातार घट्दो क्रममा देखिएको छ। सोमबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँले कम हो। त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य २ लाख ३६ हजार १९५ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार सुनको मूल्य प्रति तोला २ लाख ८२ हजार र प्रति १० ग्राम २ लाख ४१ हजार ७७० रुपैयाँ रहेको थियो भने शुक्रबार प्रति तोला २ लाख ९४ हजार ५०० रुपैयाँ पुगेको थियो। केही दिनयता सुनको मूल्य निरन्तर घट्दै गएको स्पष्ट देखिन्छ। यसैबीच चाँदीको मूल्य पनि घटेको छ, जहाँ आइतबार प्रति तोला ४ हजार ५४० रुपैयाँ रहेको चाँदी सोमबार घटेर ४ हजार ४२५ रुपैयाँमा कायम भएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार