मेची राजमार्गमा फेरि पहिरो, यातायात पूर्ण रूपमा अवरुद्ध

मेची राजमार्गमा फेरि पहिरो, यातायात पूर्ण रूपमा अवरुद्ध

सुरुङ्गा (झापा) – पहिरो पन्छाएर सोमबार रातिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको मेची राजमार्ग आज बिहान फेरि पहिरो खसेसँगै पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, आज बिहान खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ र अवरुद्ध सडक खोल्न प्रयास जारी छ।

सडक मर्मत भइरहेको इलामको रोङ गाउँपालिका–४, बागखोरस्थित क्षेत्रमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको थियो। यस क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ।

पहिरोका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न वा अवस्था बुझिसकेपछि मात्र यात्रा गर्न सुझाइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार