काठमाडौं। मंगलबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक १९.७० अंकले बढेर २८५१ मा पुगेको छ। अघिल्ला दुई दिनमा ११९ अंकले घटिसकेको नेप्से दिउँसो १२:०६ बजे २७८९ अंकसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम विन्दु रह्यो।
आजको कारोबार रकम केही घटेर ११ अर्ब ११ करोड पुगेको छ, अघिल्लो दिनको १२ अर्ब ९६ करोड को कारोबारको तुलनामा। १९५ कम्पनीको मूल्य बढ्दा ६३ कम्पनीको घट्यो र ९ कम्पनी स्थिर रहे।
बजारका अधिकांश समूहगत सूचक बढेका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९४ प्रतिशत बढेको छ। त्यस्तै बैंकिङ +0.७६%, विकास बैंक +0.९०%, फाइनान्स +1.१२%, होटल तथा पर्यटन +1.००%, हाइड्रोपावर +0.७५%, लगानी +0.५६%, जीवन बीमा +0.५२%, माइक्रोफाइनान्स +0.५१%, निर्जीवन बीमा +0.७६% र व्यापार +0.७४% बढेका छन्। अन्य समूह मात्र -0.५५% घटेको छ।
आज ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। यसमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट पर्छन्।
सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी भने सप्तकोशी विकास बैंक (-8.९६%), रिडी पावर (-3.२१%) र धौलागिरि लघुवित्त (-2.८०%) रहेका छन्। आज धेरै कारोबार भएका कम्पनीहरूमा रिडी पावर, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल र कुमारी बैंक रहेका छन्।