काठमाडौं – नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिहरूलाई ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग्ने निर्णय गरेको छ। पार्टीको अनुशासन आयोगले मंगलबार सानेपामा बसेको बैठकमा यो निर्णय गरेको हो।
पार्टीले स्पष्टीकरण माग्ने कारणहरूमा स्वतन्त्र उम्मेदवारको समर्थन गर्नु, पार्टी उम्मेदवारविरुद्ध प्रचारमा सहभागी हुनु, विपक्षलाई प्रत्यक्ष सहयोग पुर्याउनु, साइलेंट किलिङको काम गर्नु र निर्वाचित जनप्रतिनिधिले विपक्षीलाई सहयोग गर्नु समावेश छन्। यस निर्णयमार्फत नेपाली कांग्रेसले आफ्ना उम्मेदवार र नीतिविरुद्ध काम गर्ने सदस्यहरूमाथि जवाफदेहिता सुनिश्चित गर्न चाहेको छ।