• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

रास्वपा सांसद गजुरेल साइकल चढेर संसद पुगे, सार्वजनिक यातायात प्रयोगको सन्देश दिए

रास्वपा सांसद गजुरेल साइकल चढेर संसद पुगे, सार्वजनिक यातायात प्रयोगको सन्देश दिए

काठमाडौं – रास्वपा सांसद आशिष गजुरेल ले निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन साइकल चढेर संघीय संसद भवन, सिंहदरबार पुगेका छन्।

सार्वजनिक यातायात र पूर्वाधार विज्ञसमेत रहेका गजुरेलले दौरा–सुरुवाल लगाएर माउन्टेन बाइकमा संसद यात्रा गरेका हुन्। उनले सबैलाई सम्भव भएसम्म हिँड्न र नभए सार्वजनिक यातायात प्रयोग गर्न सुझाव दिएका छन्।

गजुरेल सिन्धुली–२ क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार