काठमाडौं। रास्वपा सभापति रवि लामिछानेले जनतालाई आफ्नो पार्टीले सिंहदरबार चलाउन होइन, बदल्न दिएको जिम्मेवारी पूरा गर्न लागेको बताएका छन्। उनले भने, “हामीले बदल्न सुरु गरिसकेका छौं। हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो।”
लामिछानेले जनतालाई केवल आभार प्रकट गर्ने सीमामा नरहेको उल्लेख गर्दै भने, “म जनतालाई आभार मात्रै प्रकट गर्दिनँ। यो रोष्ट्रमबाट प्रतिज्ञा गर्छु, यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौं।”
उनको यो बयानले पार्टीको सिंहदरबार सुधार र राजनीतिक परिवर्तनमा केन्द्रित दृष्टिकोणलाई स्पष्ट बनाएको छ।