• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

एमालेको सचिवालय बैठक सुरु

एमालेको सचिवालय बैठक सुरु

काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको छ। बैठक कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा आज दिउँसोदेखि जारी छ।

यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बादलले दिएको अभिव्यक्तिलाई लिएर एमालेभित्र चर्को आलोचना भइरहेको छ। सचिवालयकै केही नेताहरूले उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।

उपाध्यक्ष विष्णु पौडेल ले पनि बादलको भनाइप्रति असन्तुष्टि व्यक्त गर्दै यस विषयमा छलफल गर्न आजै सचिवालय बैठक बस्ने बताएका थिए। आजको बैठकमा सोही अभिव्यक्तिबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार