हर्क साम्पाङ ले गृहमन्त्री सुधन गुरूङ लाई फेवाताल मा रहेको भनिएको २० रोपनी जग्गाबारे स्पष्टिकरण दिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले पत्रकार सम्मेलन गरेर वास्तविकता सार्वजनिक गर्नुपर्ने बताएका हुन्। साम्पाङले यस विषयलाई नैतिकता र जनविश्वाससँग जोड्दै यदि समयमै जवाफ नदिइए जनताले विश्वास गुमाउने र प्रशासनिक प्रभावसमेत कमजोर हुन सक्ने चेतावनी दिएका छन्। साथै उनले आफूले उठाएका जेनजी आन्दोलन र सहकारी ठगी प्रकरणका मुद्दा पनि नबिर्सन गृहमन्त्रीलाई आग्रह गर्दै पारदर्शिता कायम राख्नुपर्नेमा जोड दिएका छन्।