• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि सर्वोच्च अदालतमा जारी छ। न्यायाधीश विनोद शर्मासुनिलकुमार पोखरेलको इजलासमा यो सुनुवाइ भइरहेको छ। अघिल्लो आइतबारको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो।

गत भदौ २३ र २४ गते भएको जनजागरण आन्दोलनको घटनाबारे छानबिनका लागि गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अनुसन्धान गर्न सिफारिस गरेको थियो। दुवै नेता गत चैत १४ गते बिहान पक्राउ परेका थिए।

ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकको तर्फबाट उनकी पत्नी यशोधा थापाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन्। अदालतले यस रिटमाथि फैसला दिने क्रममा पक्राउको वैधता र तत्काल रिहाइको सम्भावनालाई मूल्यांकन गर्दैछ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार