काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले फरक–फरक विचार राख्दा पनि सबै सांसदहरूको साझा उद्देश्य मुलुकको समृद्धि रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, “हामी सबै आ–आफ्नो दलप्रति प्रतिबद्ध छौं। तर, दल भन्दा राष्ट्रियता ठूलो हो। यसलाई कसरी संरक्षण गर्न सक्छौं, यसमा सम्पूर्ण रुपले एक हुनको निम्ति नयाँ इतिहास सुरु गर्नुपर्ने छ।”
सांसदले संसद्मा आकस्मिक समयमा समेत नाम टिपाउनुपर्ने जस्तो गलत अभ्यास बदलिनुपर्ने बताएका छन्। उनले भने, आकस्मिक समय सांसदको विशेषाधिकार भएको पनि स्मरण गराए। साथै, सभामुखलाई आफ्नो विशेषाधिकारको सही प्रयोग गर्न आग्रह गर्दै नयाँ निर्वाचित सभामुख अर्याललाई शुभकामना दिएका छन्।
केसीले संसदले जनताको उर्लिएको आकांक्षा सम्बोधन गर्न सक्षम हुनुपर्ने सुझाव पनि दिएका छन्।