• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

संसद्‌मा उठ्यो अमीशा पराजुली डिजिटल बुलिङमा परेको विषय

संसद्‌मा उठ्यो अमीशा पराजुली डिजिटल बुलिङमा परेको विषय

काठमाडौं। अमीशा पराजुली डिजिटल बुलिङको शिकार भएकी विषय संसद्मा उठेको छ। नेकपा एमालेकी सांसद विष्णुमाया विकले केही विचार राखेकै आधारमा महिलाहरू डिजिटल हिंसामा पर्ने गरेको उल्लेख गर्दै यस विषयलाई उठाएकी हुन्।

‘महिलाहरू साइबर हमलामा परेका छन्,’ उनले भनिन्, ‘हाम्रो अध्यक्षको विषयमा बिचार राखेकै कारण साइबर हमला भएको छ। बलात्कार गर्ने जस्ता विषयसमेत यसमा समावेश गरिएको छ।’

सांसद विकले यस्ता कार्य नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने र सामाजिक सञ्जालमा निगरानी तथा नियमन गर्ने कदम चाल्नुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार