• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

भैंसेपाटी हनिट्र्याप प्रकरण: इन्स्पेक्टर बिनु शाहीसहित पाँच जनालाई अदालतले सफाइ

भैंसेपाटी हनिट्र्याप प्रकरण: इन्स्पेक्टर बिनु शाहीसहित पाँच जनालाई अदालतले सफाइ

काठमाडौँ – नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीलाई भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्र्यापमा पारेर रकम असुलेको आरोपमा ललितपुर जिल्ला अदालतले मंगलबार सफाइ दिएको छ।

सोही प्रकरणमा इन्स्पेक्टर शाहीसहित भिमादेवी थापा, सुस्मा बिक, दर्शन पोखरेल र तत्कालिन सहायक हवलदार महेन्द्र हमाललाई पनि अदालतले आरोपमुक्त गरेको छ।

२०८१ असोजमा भएको घटनामा आरोपीहरूले व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउने’ धम्की दिई रकम असुलेको प्रहरी अनुसन्धानले देखाएको थियो। पीडितको बयानअनुसार, कुल ३० लाख रुपैयाँ रकम असुलिएको थियो, जस मध्ये दुई पटकमा २० लाख भिमादेवी थापाको खातामा जम्मा भएको थियो।

यस प्रकरणमा अर्का आरोपी ताज मूल इस्लामलाई अदालतले डेढ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको छ। पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर बिनु शाही निलम्बनमा पनि परेकी थिइन्।

यो फैसला पछि, इन्स्पेक्टर शाही र अन्य आरोपितहरू कानूनिक रूपमा सफाइ पाएका हुन्।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार