• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय रोक्न संसदमा माग

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय रोक्न संसदमा माग

काठमाडौँ — नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले निजी सञ्चार माध्यमलाई सरकारले दिने सरकारी विज्ञापन नदिने निर्णय तुरुन्त रोक्न माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले भने, नयाँ सरकार आएपछि जनतालाई सुसूचित गर्ने कामका लागि निजी मिडियालाई विज्ञापन दिन रोक्नु उचित नभएको छ। उनका अनुसार सरकारी विज्ञापन रोक्नु भनेको जनतालाई जानकारी पुर्याउने माध्यमलाई सीमित गर्नु हो, जुन लोकतान्त्रिक दृष्टिले विवादास्पद हुन सक्छ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार