काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन्। उनी जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा थिए र आज रिहा भएका हुन्।
अध्यक्ष ओलीलाई प्रहरीले भक्तपुरको गुण्डुबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो। पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत रहेका उनले भनेका छन् कि सरकारले आफूमाथि पूर्वाग्रह र प्रतिशोधपूर्णरूपमा फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राख्यो, तर मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः रिहा गरिएको हो।
सर्वोच्च अदालतको परमादेश अनुसार रिहा भएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो रिहाइका लागि आवाज उठाउने सबैमा धन्यवाद व्यक्त गरेका छन्।