रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने

रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले आइतबारका लागि पार्टी कार्यालय बनस्थलीमा बैठक आह्वान गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

बैठक दिउँसो साढे १२ बजे बस्ने तय भएको छ । बैठकमा समसामयिक राजनीतिक तथा पार्टीसँग सम्बन्धित विविध विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार