काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले संघीय सरकारअन्तर्गत १७ वटा मन्त्रालय रहने प्रस्ताव तयार गरेको छ । कार्यदलले सरकारी संरचना चुस्त, प्रभावकारी र खर्च कटौतीमुखी बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या निर्धारण गर्ने सुझाव दिएको हो ।