प्रधानन्यायाधीश सिफारिसविरुद्ध आङ्देम्बेको ७ बुँदे असहमति

प्रधानन्यायाधीश सिफारिसविरुद्ध आङ्देम्बेको ७ बुँदे असहमति

प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे ले संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीश सिफारिस गरेको निर्णयविरुद्ध ७ बुँदे लिखित असहमति दर्ता गरेका छन्। उनले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल लाई बेवास्ता गर्दै गरिएको सिफारिस संविधान, न्यायिक परम्परा र लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका छन्। आङ्देम्बेले अध्यादेशमार्फत निर्णय प्रक्रिया परिवर्तन गरेर कार्यपालिकाले न्यायपालिकामाथि प्रभाव जमाउन खोजेको आरोप लगाउँदै यसले न्यायपालिकाको स्वतन्त्रता कमजोर बनाउने चेतावनी दिएका छन्। साथै, ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाको निर्णयलाई मान्यता दिने व्यवस्था अलोकतान्त्रिक रहेको उनको तर्क छ।

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार