प्रचण्डको आह्वान: कम्युनिस्ट एकता र नयाँ राजनीतिक यात्राको आवश्यकता

प्रचण्डको आह्वान: कम्युनिस्ट एकता र नयाँ राजनीतिक यात्राको आवश्यकता

काठमाडौंमा आयोजित २६ औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उनले श्रमजीवी वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित भएर नयाँ राजनीतिक यात्रामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। प्रचण्डका अनुसार हिजो गरिएका अभ्यासहरूले आजको आवश्यकता पूरा गर्न नसक्ने भएकाले विचार, राजनीति र संगठन सबै पक्षमा नयाँ शिराबाट अघि बढ्न जरुरी छ। उनले विगतमा कम्युनिस्ट शक्तिलाई एकीकृत गर्ने प्रयास भएको र जनताको समर्थन समेत प्राप्त भएको उल्लेख गर्दै निर्वाचनमा झण्डै दुईतिहाइ नजिक पुगेको स्मरण गरे। साथै, एकता र विभाजनका धेरै चरण पार भइसकेको भन्दै अहिले सच्चा कम्युनिस्टबीच एकताको आवश्यकता झनै बढेको उनको भनाइ थियो। देशमा बाह्य हस्तक्षेप बढेको र कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै उनले आत्मसमीक्षा गरेर आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार