काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले अब पार्टीको नेतृत्व गुटगत राजनीति अन्त्य गर्दै संगठन निर्माणतर्फ केन्द्रित हुने बताएका छन् । काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’लाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनमा सहभागी भएकालाई मात्रै जिम्मेवारी दिँदा विभाजनलाई बल पुग्ने भएकाले सहभागी नभएकालाई समेत क्रमशः जिम्मेवारीमा समेटिँदै गएको बताए । उनले यही प्रक्रिया गुट भत्काएर पार्टी बलियो बनाउने बाटो भएको उल्लेख गरे । उपसभापति शर्माले पार्टीका क्रियाशील सदस्यलाई सदस्यता अद्यावधिक गर्न आग्रह गर्दै यस विषयमा अनावश्यक शंका नगर्न पनि आग्रह गरे । उनले गगन थापालाई विश्वास नगरे पनि आफ्नै वडाका पार्टी सभापतिलाई विश्वास गर्नुपर्ने उल्लेख गर्दै सदस्यता अद्यावधिकको जिम्मेवारी वडा तहकै नेतृत्वले गरिरहेको स्पष्ट पारे ।