• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमालेको आपत्ति

प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं, १८ जेठ । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको जग्गा मिचेको” भन्ने अभिव्यक्ति दिएको भन्दै एमालेले त्यसलाई राष्ट्रहित विपरीत भएको टिप्पणी गरेको हो।

एमालेका महासचिव शंकर पोखरेलद्वारा जारी वक्तव्यमा उक्त अभिव्यक्तिले नेपालको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत कूटनीतिक दाबी तथा राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाएको उल्लेख गरिएको छ। वक्तव्यमा यस्ता राष्ट्रहित प्रतिकूल अभिव्यक्तिको पार्टीले घोर निन्दा र भर्त्सना गर्ने जनाएको छ।

सीमा विवादबारे प्रधानमन्त्रीले तेस्रो पक्षको प्रसंग जोडेको विषयमा पनि एमालेले असन्तुष्टि व्यक्त गरेको छ। पार्टीले समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग उठाउनु असान्दर्भिक तथा कूटनीतिक अपरिपक्वताको परिचायक भएको टिप्पणी गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार