• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

बालेनले राजा ल्याउँछन् भनेर रास्वपालाई मत गए’ : राजेन्द्र लिङ्देन

बालेनले राजा ल्याउँछन् भनेर रास्वपालाई मत गए' : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपालमा राजा चाहने मतदाताले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत दिएको दाबी गरेका छन्। चितवनको भरतपुरमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै उनले नेपालमा राजसंस्था चाहने मत राप्रपाको भए पनि ‘बालेन्द्र शाह (बालेन) ले राजा ल्याउँछन्’ भन्ने विश्वासका कारण त्यस्तो मत रास्वपातर्फ गएको बताए। लिङ्देनले नेपालका समस्या नेतामा मात्र सीमित नभई संविधान र राज्यको संरचनामै रहेको टिप्पणी समेत गरे।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार