• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

महाधिवेशन प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र स्थगित

महाधिवेशन प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत आज हुने तय गरिएको बन्द सत्र महाधिवेशन प्रतिनिधिमा थपघट तथा मधेश प्रदेशमा देखिएको विवादका कारण स्थगित भएको छ। पार्टी स्रोतका अनुसार विवादित विषयहरू टुंगो लगाउन आजका कार्यक्रम स्थगित गरिएको हो। बन्द सत्रमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि उपस्थित भए पनि दिनभर प्रतीक्षा गरेपछि अन्तिम समयमा सत्र स्थगित गरिएको जानकारी दिइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार